गोकर्णेश्वर ४ का विकास निर्माण निरीक्षणमा मन्त्रि फुयाल र सांसद राइ

गोकर्णेश्वर ४ का विकास निर्माण निरीक्षणमा मन्त्रि फुयाल र सांसद राइ

कपन अनलाइन

काठमाडौं ,कार्तिक २४ ।प्रतिनिधि सभा सदस्य  कृष्ण बहादुर राई , बागमती प्रदेश सरकारका भौतिक पुर्बाधार बिकाश मन्त्री रामेश्वर फुयाल र  गोकर्णेश्वर नगरपालिका वडा न ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ सहितको टोलीले शनिबार डोखा टोलमा गरिएको  कालोपत्रे सडकको निरीक्षण गरेका छन   ।

डोखा टोल बाट वडा कार्यालय हुँदै तारेभिर सम्म जाने उक्त सडक खण्डको ६ सय मिटर सडक हालसालै मात्र कालोपत्र गरिएको हो ।नक्सामा समेत बाटो नभएको ठाँउमा सडकका दायाँबायाँका स्थानीयले आफ्नो आफ्नो जग्गा छोडेर २८ फिट चौडाईको सडक बिस्तार गरेको स्थानीय रत्नलाल श्रेष्ठले जानकारी  गराए ।

समपुरक बजेट अन्तर्गत  बागमती प्रदेश सरकारको ६0 प्रतिशत र गोकर्णेश्वर नगरपालिकाको ४० प्रतिशत बमोजिम १ करोड ७४ लाखको लागतमा कालोपत्र गरिएको वडा न ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराए । सडकको कालोपत्रे संगै सडक संगैको राजकुलोको मर्मत समेत गरिनु आबश्यक रहेकोले आबश्यक बजेट ब्यबस्था गरि दिन  मन्त्री फुयाललाई स्थानीयले आग्रह गरेका थिए ।

 सोहि वडामा पर्ने  नाइँडोल सामुदायिक बन क्षेत्रमा गरिएको पार्क निर्माणको पनि सांसद  राई र मन्त्री फुयालले निरीक्षण गरेका थिए  । निरीक्षणको क्रममा  सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले समितिले गरिरहेको काम र थप बजेट ब्यबस्थापनको लागि पहल गरि दिन आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।