जिम्मेवारी पुरा गर्ने सांसद यज्ञराज सुनुवारलाई मालाको भारी ..
कपन अनलाइन
काठमाडौं ,कार्तिक २४।
ओखलढुंगा जिल्लाको पश्चिमी भेगको महत्वपूर्ण सडक उद्घाटनको क्रममा लिखु गाउँपालिका पुगेका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारलाई जनताले धन्यवाद दिदै न्यानो स्वागत गरेका छन।
प्रदेस सभा सदस्य मोहन कुमार खडका ,लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेल,उपप्रमुख शान्ता ढुंगेल सहित सिरिसे, टारकेराबारी, पोखरी डाडा, बौद्ध ,गाम्नांगटार, पोखरी चौर सम्मको सडक उद्घाटनका लागि पुगेका सांसद सुनुवारले सो सडक निर्माणमा सक्रिय रहेका सबैलाई धन्यवाद दिदै ओखलढुंगा जिल्लामा सडक संजाल विस्तारले अन्य पूर्वाधार विकासमा पनि निकै सहयोग गरेको बताएका थिए।
सो सडकमा यातायात संचालन भए संगै उक्त क्षेत्रका हजारौ स्थानीय जनताहरु लाभान्वित हुनेछन भने ओखलढुंगा जिल्लाका पुर्व सभासद बालकृष्ण ढुंगेलको सोलुखुम्बुको आलु झापाको चिया संग साट्ने सपनालाई पनि यसले थप मदत्त गरेको एक स्थानीय नेताले बताएका छन।
ओखलढुंगा जिल्लाको राजनीतिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको गाम्नाङ,पोकली,लेती लगायतको क्षेत्रमा सो सडक संचालन संगै पर्यटकीय र शैक्षिक पूर्वाधार विकासको सम्भावना बढेको स्थानीय एक शिक्षकले बताए।
यस क्षेत्रका धेरै व्यक्तित्वहरुको राजनीतिक चेतना र शैक्षिक उन्नयनमा योगदान भए पनि पूर्वाधार विकासमा निकै पछी परेको सो क्षेत्रमा सडक संचालनले संभावनाको ढोका खोलेको भन्दै जनता बाट न्यानो स्वागत पाएका सांसद सुनुवारले जिल्लाका लिखु ,मोलुंग र दुधकोशी एकवार नै ओखलढुंगा विकासको मूल आधार हुने बताउदै आएका छन।