जुन सुकै संरचना निर्माण गर्दा पर्यावरणलाइ ध्यान दिनुपर्छ: माधबकुमार नेपाल ( पुर्व प्रधानमन्त्री)

जुन सुकै संरचना निर्माण गर्दा पर्यावरणलाइ ध्यान दिनुपर्छ: माधबकुमार नेपाल ( पुर्व प्रधानमन्त्री)

कपन अनलाइन

काठमाडौं, कार्तिक १८ । शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार  राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि  जहरसिंह पौवा सम्मको  करिब ५ हजार रोपनी क्षेत्रफलमा  बन्ने उक्त  पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र  केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको सालिक सहित उद्यान पार्क बन्न लागेको हो  ।

 शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि संरचना  निर्माण गर्दा पर्यावरणलाइ  ध्यान दिनु पर्ने बताए  । भौतिक संरचना  निर्माण गर्दा हालका रूख बिरूवाहरू मास्न नहुने बताउदै जथाभावी निर्माण गर्ने हो  भने पार्कको औचित्य नहुने बताए। रुख नकाटी नहुने स्थानमा संरचना निर्माण गर्दा त्यहा काटिएको दोब्बर बिरुवा अन्यत्र रोपी संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

 कोरोना  भाइरसका कारण पर्यटन ब्यवसाय धरासायी भएको बताउदै त्यसलाई  उकास्न नयाँ नयाँ योजना ल्याउनु पर्ने उनले बताए  ।  कृषि र पर्यटननै नेपालको  सम्रिद्दीका  आधार भएकोले  कृषिमा आत्मा निर्भर हुने तर्फ काम गर्नु पर्ने बताउदै जहाँ जे कुराको आवश्यकता छ, त्यहि अनुसार योजना बनाउनु पर्ने बताए । शंखरापुर नगरपालिकाको जहरसिंहपौवा आन्तरिक तथा बाह्य पर्यटनको उदगम थलो भएको बताउदै यसको बिकासका लागि सबैजना लाग्नु पर्ने  समेत बताए ।

तपाइँको प्रतिक्रिया ।