मन्त्री रामेश्वर फुयाल सहितको टोलि द्वारा काठ चक्रपथ निरीक्षण
कपन अनलाइन
काठमाडौं, कार्तिक १८ ।बागमती प्रदेशका भाैतिक बिकाश मन्त्री रामेश्वर फुयाल सहितको टोलि द्वारा काठ चक्रपथ अन्तरगत साँखु अधिकारी गाउँ, गागल फेदी, सुन्दरीजल र नयाँपाटी खण्डकाे निरिक्षण गरेका छन । उक्त निरीक्षणमा नेतृत्वमा बागमती प्रदेश सदस्य मणिराम फुयाल, शंखरापुर नगरपालिकाका प्रमुख सुर्वण श्रेष्ठ, शंखरापुर नगरपालिकाका उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हितमान तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।
बागमती प्रदेश सरकारकाे लगानीमा निर्माण हुन लागेकाे काठ चक्रपथ अन्तर्गत उपत्यकामा निर्माण भैरहेकाे छ खण्ड मध्य काठमाडाैंमा ४ खण्डमा काम भैरहेकेा छ । कुल १५६.८ किलाे मिटर लम्बार्इकाे उक्त सडककाे अवस्था बारे जानकारी लिदै मन्त्री फुयालले यस खण्डकाे लागि २ कराेडकाे याेजना आगामी बैशाख भित्र सम्पन्न गर्न निर्देशन दिएका थिए । बहु बर्षिय ठेक्का मार्फत सडक निर्माण हुने बताउदै स्थानीय तहकाे पनि सहभागिता हुनु पर्ने उनले बताए ।
बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले कामकाे शुरूवाट हुनु शुखद भएकाे बताउदै दिर्घकालिन याेजनाका साथ काम हुनु पर्ने बताए । काठ चक्रपथकाे अवधारणा मन्ती रामेश्वर फुयालले ल्याएकाे स्मरण गर्दै कामलाइ नतिजामा ल्याउन सबै लाग्नु पर्ने बताए ।
शंखरापुर नगरपलिका प्रमुख सुर्वण श्रेष्ठले स्थानीय, प्रदेश र संघिय सरकारकाे सहकार्यमा बिकाश निर्माणका कामहरू भैरहेकाे बताउदै बिकाअ निर्माणमा स्थानीय जनताकाे पनि साथ र सहयाेग आवस्यक हुने बताए ।शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठले बिकास निर्माणमा आफुहरू पनि सक्रय रूपमा लागि परेकाे बताउदै नतिजा पनि बिस्तारै देखिन थालेकाे उनले बताइन ।
फोटो : शंखरापुर न्युज