ओखलढुंगामा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन सुरु

ओखलढुंगामा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन सुरु

कपन अनलाइन

ओखलढुंगा ,कार्तिक १८।

ओखलढुंगामा राष्ट्रिय परिचय पत्रका  लागि तथ्यांक संकलन सुरु गरिएको  छ । मंगलबार मानेभञ्ज्याङ गाउँपालिका वडा नं ५ बाट तथ्यांक संकलन कार्य सुरु भएको हो ।

ओखलढुंगा जिल्लाका संघीय सांसद यज्ञराज सुनुवारले ९२ वर्षीय चन्द्रबहादुर राई र ८७ वर्षीया गंगादेवी खडकालाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै अभियानको सुभारम्भ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश १ का अर्थ समिति सभापति तथा प्रदेश सांसद  मोहन खड्का, संविधानसभा सदस्य रामहरि खतिवडा, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेत, मानेभञ्ज्याङ गाउँपालिकाका पदाधिकारी एवं राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

देश भरका जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने तथा  राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्नका लागि  राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन थालिएको छ। फोटो सौजन्य :ओखलढुंगा खबर

तपाइँको प्रतिक्रिया ।