सिंगो शंखरापुर नगरपालिका अर्वाचीन संस्कृतिको धरोहर हो : मणिराम फुयाल (बागमती प्रदेश सभा सदस्य)
कपन अनलाइन
काठमाडौं, कार्तिक १८ । शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि जहरसिंह पौवा सम्मको करिब ५ हजार रोपनी क्षेत्रफलमा बन्ने उक्त पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको सालिक सहित उद्यान पार्क बन्न लागेको हो ।
शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले सिंगो शंखरापुर नगरपालिका प्राचीन मात्र नभएर अर्वाचीन संस्कृतिको धरोहर भएको जुन स्वस्थानीको कथा संग गासिएको बताउदै त्यसैकारण संस्कृतिमा पनि कम नभएको बताए ।
उनले त्यसलाई पर्यटकीय परिपथका रुपमा स्थानीय जनताले आफ्नो जीवनमा अनुभूति हुने गरि आय उपार्जनका प्रमुख बैकल्पिक स्रोतका रुपमा अंगाल्न सक्ने बातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। उनले हिजो शंखरापुर नगरपालिकाले आफ्नो नगर सभामा पनि पर्यटनर कृषिलाइ उच्च प्राथमिकतामा राखे अनुरुप कार्यलाइ अगाडी बढाउनु पर्ने बताए । समय संगै परिस्थिति अनुकुल भए मात्र योजनाहरुले सफलता पाउने बताउदै तिनै तहको सरकार गठन पछि परिस्थिति तयार भएको बताए ।
पार्क निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न योजनाहरुलाइ एकै ठाँउमा ल्याइ मुर्तरुप दिनु पर्ने उनले बताए । बागमती प्रदेश सरकारबाट ८० लाख र केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको बताउदै आगामी वर्षहरूमा थप बजेट व्यवस्था हुने बिश्वास ब्यक्त गर्दै एकीकृत रुपले कामलाइ अगाडी ल्याउनु पर्ने बताए ।