राज्यको लगानी समेत खेर नजाने गरि सबैलाई समेटर पूर्वाधार निर्माण गर्नुपर्छ: दिपक कुइकेल
कपन अनलाइन
काठमाडौं, कार्तिक १८ । शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि जहरसिंह पौवा सम्मको करिब ५ हजार रोपनी क्षेत्रफलमा बन्ने उक्त पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको सालिक सहित उद्यान पार्क बन्न लागेको हो
शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै संविधान सभा सदस्य दिपक कुइकेले आयोजकलाइ धन्यबाद दिदै शंखरापुर नगरपालिकाको जहरसिंह पौवा अत्यन्तै ऐतिहासिक, रमणीय पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण रहेको बताए।
सो ठाउलाइ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नु पर्छ भन्ने चाहना राख्नु र त्यसमा पहलकदमी लिनु स्वागतयोग्य भएको बताए। उनले सो कामलाइ निरन्तर अगाडी बढाउदै दिगो विकासका साथ लानु अर्को पाटो रहेको बताउदै
उनले केहि वर्ष अघि सम्म काठमाडौं भित्र रहेर पनि बिकासका पूर्वाधारका कारण पछि परेको सो स्थान क्रमिक रुपले सुधार हुदै अहिलेको अवस्था सम्म आइपुगेको बताए । सो स्थान सम्म आइपुग्न कठिन भए पनि आइपुगे पछि छुट्टै संसारमा आइपुगेको अनुभब धेरैले गर्ने गरेको बताए।
बिगतमा बिभिन्न योजनाको नाममा कार्यक्रम गरिए पनि एउटा पनि योजनाले मुर्त रुप लिन नसक्दा उक्त स्थानमा जथाभावी फोहोर हुदै गए पछि उक्त स्थान दुरुपयोग नहोस भनेर आफुहरुले गणेशमान पार्कको रुपमा अघि बढाउन पहल गरेको बताए । जसको लागि तत्कालिन स्थानीय विकास मन्त्रि उपप्रधानमन्त्री प्रकाश मान सिंहको कार्यकालमा गणेशमान सिंह पार्क नामकरण गरेर त्यसको डी पी आर तयार भएको जानकारी गराए ।
उनले कात्तिके भन्ज्याङदेखि चौकी भन्ज्याङ सम्मको रेन्जमा हजारौ रोपनी जग्गा रहेको हुँदा सो स्थानमा बिभिन्न पार्क निर्माण हुन सक्ने हुँदा कुनै एक स्थानमा गणेश मान सिंह पार्कको साथै खेलकुदको लागि खेल मैदान समेत बनाउनु पर्छ भनेर जहरसिंह पौवा क्लबले नजिकै खेल मैदान समेत निर्माणको प्रारम्भ गरेको बताए। उनले फुटबल खेल मैदान सहित पार्कको डिपीआर निर्माण भएको र सोहि डीपीआर को आधारमा सुरुमा स्थानीय विकास मन्त्रालय र त्यसपछि शहरी विकास मन्त्रालय बाट पैसा बिनियोजन भएर कामहरु शुरुवात भएको बताए।
हिजो देखि संरचनागत रुपमा राज्यको लगानी पनि खेर नजाने गरि विकास निर्माणका कामहरु गरिनुपर्नेमा जोड दिदै कात्तिके भन्ज्याङदेखि चौकी भन्ज्याङ सम्मको बिभिन्न स्थानमा के के गर्न सकिन्छ पहिला देखि अगाडी बढाइएका कामहरुलाई समेत एकीकृत गरि सबैको भावना समेट्ने गरि काम गर्न अनुरोध गरेका थिए ।