Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/123461606_1020984685031517_2184242981587159060_n-e1604375729958.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/93771912_2669402486630942_195136062362746880_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर ८ मा कोरोना संक्रमितको हौसला बढाउदै सामाजिक अभियन्ताहरु

कपन अनलाइन

काठमाडौँ,कार्तिक १८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८मा मासिक सय अभियान नेपाल तथा पुर्व कोरोना संक्रमितहरुले गठन गरेको कोरोना संक्रमित सहयोग उपसमितिले कोरोना संक्रमितहरुको हौसला बढाउन बिभिन्न कार्यहरु अगाडी ल्याएका छन  ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) घरपरिवार तथा समाजमा फैलिनबाट न्यूनिकरण गर्न, समुदाय स्तरबाट नै केही गर्नुपर्ने देखिएको हुदाँ संक्रमितहरूलाई मनोपरामर्श,दैनिक फोन सम्पर्क एवम् आर्थिक रूपमा कमजोर भएकाहरूलाई”पौष्टिक आहार” वितरण गर्ने योजनाका साथ कोरोना संक्रमित सहयोग उप-समिति” गठन  गरि कार्य अघि बढाएको हो ।उनीहरुले पहिलो चरणमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का कोरोना संक्रमित जो घरको आइसोलेसनमा बसिरहेका छन् उनीहरु  संग अनुमति लिएर भेटघाट गर्दै अनुभब साटा साट गर्नुको साथै स्वस्थ अवस्थाको बारेमा जानकारी लिएका छन् ।

 सो अभियानका अभियन्ता एबम भर्खरै कोरोना जितेका प्रकाश अधिकारीका अनुसार  संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खानपिन एवं नियमित ब्यायाम गर्ने हो भने कोरोना मात्रै नभई भबिष्यमा समेत सजिलै कुनै रोगको शिकार हुनुनपर्ने बताए। यस्तो कार्यले संक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउने बताए ।  संक्रमितलाइ समाजले हेला गर्ने र हेप्ने कार्य कदापि गर्न नहुने बताउदै संक्रमितलाइ सुरुदेखि नै गलत दृष्टिले हेर्दा भोलि यसले समाजमा ठूलो असर पार्ने उनको भनाइ छ। ‘संक्रमितलाई माया गरौं, आफू जोगिएर सक्दो सहयोग गरौं, तर निरुत्साह, कमजोर र मनोबल गिराउने कार्य नगरौं  उनले भने।कोही पनि जानेर संक्रमित भएको होइन, समुदायस्तरमै संक्रमण फैलँदो छ, आफूले जस्तो व्यवहार गरिन्छ भोलि त्यस्तै व्यवहार पाइन्छ, त्यसैले घृणाजन्य कार्य नगरौं,’ उनले भने।

नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारणहरु कोरोना संक्रमित भई आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने र कसरी बच्ने भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ।

कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक (इम्युनिटी पावर) क्षमता कम हुने भएकोले यस्तो अवस्थामा अलि भिन्न खालको ताजा र स्वस्थ खालको नियमित सन्तुलित आहार (ब्यालेन्स डाइट) जरुरी पर्ने हुन्छ। त्यसैलाइ मध्य नजर गर्दै उक्त समितिले हाललाई गोकर्णेश्वर वडा नं -८ लाई कार्यक्षेत्र बनाई पौष्टिक आहार वितरण को साथै संक्रमितहरुको मनोबल बढाउन बिभिन्न काम गर्ने योजना अनुसार पहिलो चरणमा प्रत्यक्ष रुपमा अनुमति लीएर भेटघाट तथा अनुमति साटासाट गर्ने काम भएको  मासीक सय अभियान नेपालका अध्यक्ष संजय पोखरेलले बताए । साथै निकट भविष्यमा अन्य स्वयंसेवक साथीहरू र मनकारी व्यक्तिहरूको सहयोग प्राप्त भए सो अभियान गोकर्णेश्वर नगरपालिका भरि बिस्तार गर्ने योजना समेत रहेको समेत जानकारी गराए।उक्त कार्यमा डांडागाउ टोल सुधार समितिका अध्यक्षा राजेश दाहाल लगायत कोरोना संक्रमित सहयोग उपसमिति गोकर्णेश्वर ८ का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।