नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा) फाउन्डेसनद्वारा आयोजित सडक सुरक्षामा संचार माध्यमको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा) फाउन्डेसनद्वारा आयोजित सडक सुरक्षामा संचार माध्यमको भूमिका बिषयक अन्तरक्रिया  सम्पन्न

कपन अनलाइन

काठमाडौं,कार्तिक १६। नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा) फाउन्डेसनले शनिबार सडक सुरक्षामा संचार माध्यमको  भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।काठमाडौंको अर्याल होटेलमा सामाजिक दुरी सहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा नासा फाउन्डेसनका सदस्य एबम युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डका डा.पुष्प राज पन्त र नेपाल स्पोर्ट्स काउन्सिलका सदस्य, माउन्टेन स्पोर्ट्स फेडिरेसनका अध्यक्ष एबम नेसनल रोड सेफ्टी एलायन्स नेपालका सदस्य गोबिन्द प्रसाद भट्टराइले नेपालको सडक सुरक्षामा संचार माध्यमको भूमिका बिषयमा प्रस्तुतीकरण गरेका थिए। उनीहरुले नेपालमा कोभिडको कारण ज्यान गुमाउने भन्दा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै भएको भन्दै अब सडक सुरक्षामा ध्यान जानु जरुरि रहेको बताएका थिए।

थोपाथोपा बनेर समुद्र बने झैं एकदुईजना गर्दै नेपालमा दैनिक हुने दर्जनौं सडक दुर्घटनामा प्रत्येक दिन १३ जनाको मृत्यु र दर्जनौं घाइते हुन्छन् भनेर विश्व स्वास्थ्य संगठनले आफ्नो प्रतिवेदनमा उल्लेख भएको भएको भन्दै उक्त प्रतिवेदनअनुसार हाम्रा सडक पूर्वाधारको अवस्था, सडकको बढ्दो लम्बाइ र निरन्तर बढिरहेको सवारी साधनहरूको संख्या हेर्दा आउने वर्षहरूमा यो संख्या दोब्बर हुँदै जाने पक्का छ। उनीहरुले भने सडक दुर्घटनासम्बन्धी केही तथ्यांक अध्ययन गर्दा नेपालमा सडक दुर्घटनाबाट सबैभन्दा बढी सिकार आर्थिक सक्रिय उमेरका युवा भए पनि सडक दुर्घटनाबाट कोही पनि अछुतो छैनन्।
ट्राफिक संकेत र सुरक्षाका उपकरण राख्ने, सडकको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात साधनको अनुमति, पैदलयात्री, साइकलयात्रीका लागि सुरक्षित वातावरण निर्माण, यातायात साधनको जाँच र परीक्षण गर्ने, चालक अनुमतिपत्र जारी र नियमन गर्ने, ट्राफिक प्रहरीको व्यवस्थामाको दण्ड र जरिमाना गर्ने, आम सडक प्रयोगकर्ताका लागि सचेतना कार्यक्रम चलाउनुपर्ने, भविष्यमा परिवर्तन हुने यातायात र सडक सञ्जालको ध्यानमा राखी निरन्तर भावी योजना तयार गर्ने आदि काम राज्यले गर्न सकेमा मात्र सडकको सुरक्षा सुनिश्चित गर्न सकिने उनीहरुको भनाइ रहेको थियो।
त्यसै गरि बिध्यालय तह देखि नै सडक सुरक्षा सम्बन्धी पाठ्यक्रममा समाबेश गरिनुपर्ने जनचेतना मुलक कार्यक्रम गर्नु पर्नेमा समेत जोड दिएका थिए । त्यसै गरि सोहि कार्यक्रममा नासाले सडक सुरक्षाका बिभिन्न कार्यक्रम संचालन गर्न लागीए पनि कोभिडको कारण प्रभावकारी रुपमा अगाडी ल्याउन नसकी रहेको समेत बताइएको थियो। नेपालका बिभिन्न नगरपालिका संग सहकार्य गरि त्यस्ता कार्यक्रम ल्याउन लागिएको जानकारी गराइएको थियो । त्यसै गरि कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समिति कार्यकारी निर्देशकमा नव नियुक्त ट्रान्सपोर्टेसन इन्जिनियर आशिष गजुरेललाइ नासा फाउन्डेसनका सदस्य मधुसुधन सिग्देल लगायतले बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका  थिए  ।
तपाइँको प्रतिक्रिया ।