कागेश्वरी मनोहरा नगरपालिकाले शनिबार बाहेक अन्य दिन कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने

कागेश्वरी मनोहरा नगरपालिकाले शनिबार बाहेक अन्य दिन कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने

कपन अनलाइन

काठमाडौं,कार्तिक १६। कागेश्वरी मनोहरा नगरपालिकाले अब शनिबार बाहेक प्रत्येक दिन कोरोना परिक्षणको लागि स्वाब संकलन गर्ने भएको छ ।नगरप्रमुख कृष्णहरि थापाका अनुसार कागेश्वरी मनोहरा नगरपालिका द्वारा मुलपानीमा संचालित नगर अस्पतालमा  शनिवार बाहेक प्रत्येक दिन  कोरोना परिक्षणका  लागि  स्वाब संकलन गरिने  र नेपाल सरकारले  नेपाल सरकारले तोकेको  मापदण्ड भित्र नपर्ने ब्यक्तीको  हकमा रू. २,०००  (दुई हजार) तिरेर परिक्षण गर्न सकिने पनि जानकारी गराए।

नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्नेको हकमा निशुल्क पी सी आर परिक्षण गरिने उनले जानकारी गराए  ।  उनले कार्तिक १६ गते बाट शनिबार बाहेक अन्य दिन  बिहान ११ बजे देखि २ बजे सम्म नगर अस्पताल बाट पिसी आर  परिक्षणको लागि स्वाब संकलन  गरिने सबैलाई जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।