यस बर्षको हजरत शेर ए नेपालको पहिलो उर्स कार्तिक २९ गते हुने

कपन अनलाइन

पर्सा ,कार्तिक १६।

यस बर्षको हजरत शेर ए नेपालको पहिलो उर्स कार्तिक २९ गते हुने भएको छ। उर्शे मुफ्तिए आजमे नेपालको नाममा मनाइने सो कार्यक्रमका लागि आयोजकले निम्न आव्हान गरेको छ :

ज्ञान र हिक्मतका ठुला भण्डार, अह्ले सुन्नतका ठुला वकार, नेपालका सबै भन्दा ठुला बिद्वान, मुफ्ती ए आजम ए नेपाल, काजि ए नेपाल, हजरत शेर ए नेपाल मुफ्ती जैश मुहम्मद सिद्दिकी रह्नतुल्लाह अलैहको जन्म आज २८ सफरको दिन १३६२ इस्लामी हिजरी र सन् १९४३ मार्च ५ मा परदेश नम्बर २ (मधेश परदेश) जनकपुरको बरकत नगर बस्तीमा मौलाना जम्शेद का सुपुत्रका रूपमा भएको थियो।

हामीले अवलोकन गर्यौ भने जनकपुर मात्र नभइ नेपालको उच्च ठाउँ देखि दुर्गम ठाउँ सम्म वहाँलाई चिन्ने र मान्ने व्यक्तीले भरिएका पाउछौ । झापा होस् या काठमाडौ होस् या पोखरा, बिराटनगर होस् या नेपाल्गन्ज ,भरतपुर होस् या स्याङ्जा नेपालको हरेक भुभागमा वहाँ संग प्रेम गर्ने आशिकहरुको तातीनै पायौ ।

भिड पनि किन न होस् जस्ले अल्लाह र अल्लाहको रसुलको लागि आफ्नो जीवन कुर्बान गर्यो त्यस्तो महान् व्यक्ती प्रती मुहब्बत र अकिदत हुनु स्वभाबिक नै हो । एक पटक हुजुर ताजुश्शरिया रह्मतुल्लाह अलैह को सामु हुजुर शेरे नेपालको कुरा निक्लिदा वहाँले प्रशन्नताका साथ भन्नू भएको थियो “नेपालमा जे जति सुन्नियत देखिन्छ त्यो मुफ्ती जैश साहब को मेह्नत ले नै हो” हजरत अल्लामा सुफि सिद्दिक साहबले एक पटक मलाइ (साजिद) भन्नू भएको थियो : नेपालको पहाडी भेगमा यदि कसैले सुन्नियत को काम गरेको छ भने वहाँ मुफ्ती जैश नै हुन् र असलमा वहाँ नै शेरे नेपाल हुनुहुन्छ ।

हुजुर नज्मी मिया अलैहिर रह्माले नेपाल दौरा को समयमा जब लोह्न को जल्सए बर्कातुन्नबीमा आउनु भएको थियो वहाँ ले हुजुर शेरे नेपाल तर्फ इशारा गर्दै भन्नू भएको थियो “तपाईं दिनको कार्य गर्दै जानुस् जता हजुरको पसिना झर्नेछ यो आले रसुलको त्यहा रगत बगेको पाउनु हुनेछ”।

अल्लाह पाक हजरत शेर ए नेपालको दरजातमा बुलन्दी अता गरुन् ! हजरते शेरे नेपालको पहिलो उर्सेपाक कात्तिक २९गते: शीर्षक यो भिड याद छ ? यो कुनै मेला, भेलाको तस्विर हैन, यो कुनै पार्टी या समुहलाई ढाकिएर बोलाइएको भिड हैन ।

यो भिड मुफ्ती ए आजमे नेपाल, मुहद्दिषे आजमे नेपाल, काजी ए नेपाल, हजरत शेर ए नेपाल रह्मतुल्लाह अलैहको जनाजाहको भिड हो जस्लाइ सम्पुर्ण नेपालवासीले आज भन्दा १ बर्ष अगाडि आफ्नो आँखाले देखे र हजारौ महानुभावहरुले त्यो मैदानमा उपस्तिथ रह्ने स्वभाग्य पनि पाएका थिर । आज हजरत शेर ए नेपालको इन्तेकाल भएको करिब एक बर्षको लामो अवधी बितिसकेको छ ।

इन्शा अल्लाह यो बर्ष बाट जनकपुरमा हुने जल्सा र बरकातुन नबि अब हरेक बर्ष २८ रबिउल अव्वलको दिन धुमधामका साथ उर्शे मुफ्तिए आजमे नेपालको नाममा मनाइने छ । यो बर्ष हजरत शेर ए नेपालको पहिलो उर्स निम्न तारिख र समयमा त्यही हर्ष र उल्लासका साथ मनाइने छ । सम्पुर्ण महानुभावलाई यसै पोस्ट बाट उक्त प्रोग्राममा उपस्तिथ हुन्  आह्वान गरिन्छ ।

मिति : कार्तिक २९ गते, १४ नोबेम्बर, २८ रबिउल अव्वल

समय : इशाको नमाज पछि

स्थान : लोहना, जनकपुरधाम, नेपाल

दिन : सनिबार

 

तपाइँको प्रतिक्रिया ।