म र मेरो समय : प्रकास अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १६।
आफ्नो लागि भन्दा
सिङ्गो समाजका लागि
लम्किन खोज्ने
यी पैतालाहरू
अनि
अरूकै विजयमा
अरूलाई नै दोसल्ला
ओढाएर
रमाउने
यी हत्केलाहरू पनि
तब मात्र खुसी हुन्छन्
जब समाज
उज्यालो बोकेर आउदै हुन्छ
अरुणोदयको पहिलो सङ्घारमा ।।
सपना देख्नु मात्र
ठूलो कुरा होइन
निदाएर पनि देख्न सकिन्छ ।
ननिदाइ देखेको सपना
पो सपना हुन्छ त !
सपना, फुलाउन फलाउन
गोड्मेल पनि गर्नुपर्छ
अलिकति समय खर्चिएर ।
पदलाई ठूलो नठानेर
कार्यभार र कर्तव्य बुझेर
अनि
जिम्मेवारी बोकेर
म पनि एउटा समाज डोर्याउने
बेतको लौरो बन्न सकौँ ।
उबारेर एक मुठ्ठि समय
समाजका लागि
समृद्धिको बीज
उमार्न सकौँ
मेरो अभावमा
भोलिले पनि सम्झिहोस् मलाई ।
आखिर म
के दिएर जाँन सक्छु र ?
के लिएर जान सक्छु र ?
भोगाइ भन्दा बढी ।
दृष्ट्रिकोण बदल्ने त
समाजले हो
खोज्ने पनि उही समाजले हो
मैले छोडेका पैतालाका डामहरू सँग
म र मेरो समय ।।
तपाइँको प्रतिक्रिया ।