म बाबु थिएँ : गोपी रुपाखेती (कविता )

म बाबु थिएँ :  गोपी रुपाखेती (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २७ ।

कसैको टाउको दुख्थ्यो
कसैको पेट दुख्थ्यो
कसैको हात दुख्थ्यो
कसैको गोडा दुख्थ्यो
सिंगो जीउ नै दुखेपनि
मैले दुख्यो भन्न मिल्दैनथ्यो
किनकी म बाबु थिएँ ।

कसैलाई जाडो हुन्थ्यो
कसैलाई गर्मी हुन्थ्यो
कसैलाई थकाई लाग्थ्यो
कसैलाई अल्छी लाग्थ्यो
मलाई केही पनि हुँदैनथ्यो
किनकी म बाबु थिएँ ।

कसैलाई चीसो खान मन लाग्थ्यो
कसैलाई तातो खान मन लाग्थ्यो
कसैलाई गुलियो खान मन लाग्थ्यो
कसैलाई अमिलो खान मन लाग्थ्यो
मलाई केही खान मन लाग्दैनथ्यो
अझ भनौं, मलाई भोकै लाग्दैनथ्यो
किनकी म बाबु थिएँ।

कोहि यस्तो लुगा चाहियो भन्थे
कोहि यस्तो जुत्ता चाहियो भन्थे
कसैलाई के चाहिन्थ्यो
कसैलाई के चाहिन्थ्यो
मलाई केहि चाहिंदैनथ्यो

किनकी म बाबु थिएँ।

कोहि यता घुम्न जाउँ भन्थे
कोहि उता घुम्न जाउँ भन्थे
कोहि नजिकै जाउँ भन्थे
कोहि टाढा जाउँ भन्थे
मलाई कतै जान मन लाग्दैनथ्यो
किनकि म बाबु थिएँ।

कसैका के रहर थिए
कसैका के रहर थिए
मेरा केहि रहर थिएनन्
किनकी म बाबु थिएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।