सांसदहरुले बाचा गरेको ५ महिनामै ओखलढुंगाको मानेभञ्ज्याङ-६ कोलडाँडा बिजुली बल्यो
कपन अनलाइन
ओखलढुंगा ,कार्तिक १६।
ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ कोलडाँडा सौर्य मिनी ग्रिड संचालनमा आएको छ। करिब ५ महिना अगाडि संघीय सांसद यज्ञराज सुनुवार र १ नं प्रदेशका अर्थ समिति सभापति मोहन खड्काले बाँसुरी बजाएर संयुक्त रुपमा सिलान्यास गरेको सो योजना संचालनमा आए संगै सो क्षेत्रका स्थानीयहरु लाभान्वित बनेका छन।
उक्त आयोजनाका लागि योजना प्रदायक संस्थाको नियम अनुसार कुल लागत मध्ये उपभोक्ताहरु मार्फत १० प्रतिशत अनिवार्य रकम बेहोर्नुपर्ने सर्तका कारण नबन्ने स्थितिमा पुग्दा संघीय सांसद यज्ञराज सुनुवारले रु १५ लाख र प्रदेश सांसद मोहन खड्काले १० लाख रकम व्यवस्थापन गरेका थिए।
यो योजना सम्पन्न भए संगै अहिले २२६ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन भने विभिन्न उद्योगहरु खुल्ने क्रम पनि बढेको छ।
तपाइँको प्रतिक्रिया ।