स्नातक तह चौथो वर्षका विद्यार्थीका लागि परिक्षा नियन्त्रण कार्यालयको अन्त्यन्त जरुरि सुचना

कपन अनलाइन

काठमाडौं ,कार्तिक १४।

स्नातक तह चौथो वर्ष ( बि. ए , बि. एड., बि. बि. एस. , लगायत सबै ) मा अध्ययनरत विद्यार्थीहरूका लागि बोर्ड परीक्षाकोले  अत्यन्त जरुरी सूचाना प्रकासित गरेको छ।

सो सूचनाका अनुसार  यो वर्ष आफू अध्ययन गरीरहेको कलेज/ क्याम्पस भन्दा आफू अहिले बसिरहेको ठाउँबाट परीक्षा दिन पायक पर्ने भए त्यस्ता विद्यार्थीहरूले आफू रहेको स्थानको आफुलाई सबैभन्दा सजिलो हुने परीक्षा केन्द्र ( परीक्षा केन्द्र तोकिएको कुनै कलेज वा क्याम्पस ) छनोट गरि त्यहीँबाट परीक्षा दिनसक्ने छन्।

यदि आफू हाल अध्यनरत कलेज वा क्याम्पसबाट नै परीक्षामा सहभागी हुने भए त्यस्ता विद्यार्थीहरूले यो फर्म भरिराख्नु पर्दैन। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको तल दिइएको सूचना अनुसार नै सम्पूर्ण कार्य गर्न सकिने छ। फर्म भर्ने अन्तिम मिति २०७७ कार्तिक १६ गते सम्म मात्र रहेको  छ।

तपाइँको प्रतिक्रिया ।