नगर चक्रपथको सम्भाव्यता खोजी गर्दै बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल

नगर चक्रपथको सम्भाव्यता खोजी गर्दै बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल

कपन अनलाइन

काठमाडौं ,कार्तिक १४।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले नगर चक्रपथ निर्माणका लागि विभिन्न वडाका सडकको अवस्था र सम्भाव्यताको खोजि शुरु गरेका छन।

गत स्थानीय निर्वाचनमा नगरवासी समक्ष प्रतिवादत्ता गरेको नगर चक्रपथको निर्माणका लागि सम्भावित सडकको विस्तार ,निर्माण र थप स्थानमा त्यसको सम्भायताका वारेमा सम्बन्धित वडाका अध्यक्ष तथा सदस्य सहित नगर प्रमुख खरेलले निरीक्षण ,अनुगमन तथा अध्ययन शुरु गरेका हुन् ।

नगरपालिकाका १३ वटै वडालाई जोड्ने सडक संजाल विस्तार गरेर नगरपालिकामा यातायात सेवाको शुरुवात गर्ने उदेस्य लिएर सो अध्ययन शुरु गरिएको छ ।

बुढानिलकण्ठ नगर चक्रपथ निर्माणका लागि सम्भावित सडकको पहिचान र निर्माणको क्रममा नगर प्रमुख खरेलले वडा नं ६ का खत्रीगाउँ -शिवमन्दिर -ग्रांडी , हात्तीगौंडा -विष्णुमति ,चासिन्डोल ,विष्णुमति सडक स्तारोनत्ति योजना लगायतको स्थलगत निरीक्षण गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन केसी ,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन र अन्य जनप्रतिनिधि सहितको टोलीले वडा नं ७ को हेपाली हाइटको सडक निरीक्षण गरेको थियो ।

सो क्रममा नगर प्रमुख खरेलले वडा नं ६ र ७ का विभिन्न विकास निर्माणका गतिविधिहरुका वारेमा जानकारी लिदै अन्य वडाका सडक संजाललाई नगर चक्रपथमा जोड्ने सम्भावनाका वारेमा पनि स्थलगत निरीक्षण र अध्ययन गर्ने जानकारी दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।