कोरोना संक्रमणको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि

कोरोना संक्रमणको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं ,कार्तिक १४।

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि कोरोना संक्रमणको उच्च जोखिममा परेका छन। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्रमोर्चामा सक्रिय रहने क्रममा उनीहरुमा एक पछी अर्को गर्दै कोरोना संक्रमण देखिन थालेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल कोरोना जितेर कार्यक्षेत्रमा फर्किएका छन भने वडा नं ६ का अध्यक्ष नबिन केसीले पनि कोरोनालाई पराजित गरेका छन ।

त्यस्तै जनताको सेवामा सक्रिय रहदा रहदै वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठमा पनि कोरोना संक्रमण देखिएको छ भने वडा नं ३ का सदस्य धनुमाया डंगोल   र वडा नं ४  का सदस्य श्रीराम केसीमा पनि संक्रमण देखिएको छ।

कोरोना संक्रमितहरुको मनोबल उच्च बनाउन ,उनीहरुलाई विभिन्न किसिमका सेवा उपलव्ध गराउन तथा कन्ट्रयाक्ट ट्रेसिंग लगायतका काममा सक्रिय हुने क्रममा सावधानी अपनाउदा अपनाउदै पनि  जनप्रतिनिधिहरुमा संक्रमण देखिएको एक स्वास्थ्यकर्मीले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।