नेकपा केन्द्रीय समितिको बैठक सर्यो
कपन अनलाइन
काठमाडौं ,कार्तिक १२
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित केन्द्रीय समिति बैठक एक महिनापछि सारिएको छ । कात्तिक १५ देखि १७ गतेसम्म बस्ने निर्धारण भएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि घकेलिएको हो ।
नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीका कारण बैठक स्थगित गर्नु परेको पनि उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।