गजल : पुरुषोत्तम नेपाल
कपन अनलाइन
काठमाडौं ,कार्तिक ७।
शरद् यामको जूनहौ तिमी ।
शिशिर यामको ऊनहौ तिमी ।।
अरु सबै फलामझैं लाग्छ ।
गहना सुहाउने सुन हौ तिमी ।।
मेरा भावहरू केबल शब्दथिए ।
सरस सुमधुर धूनहौ तिमी ।।
मेरो जीवन सुख्खा सुख्खाथियो ।
प्रेम वर्षाउने मनसूनहौ तिमी ।।
खै कस्तो होलामेरो भाग्यलाग्थ्यो ।
देउताले लगाएको एक गुनहौ तिमी ।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।