राखेपका बोर्ड सदस्य कुँवरलाई एनआरएनको बधाइ

राखेपका बोर्ड सदस्य कुँवरलाई एनआरएनको बधाइ

कपन अनलाइन
काठमाडौं, कात्तिक ६।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैर आवसीय नेपाली संघ        (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाइ दिएको छ । प्रतिष्ठानका सल्लाहकार कुँवरलाई राखेपको बोर्ड सदस्यमा नियुक्त भएकोमा बधाइ दिएको हो ।
एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणा, प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोललगायतले कुँवरलाई बधाइ पत्र प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
कुँवरलाई गत असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि राखेप सदस्य थिए ।

तपाइँको प्रतिक्रिया ।