बागमती प्रदेशका ८ अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

कपन अनलाइन

काठमाडौं ,कार्तिक ४ ।

प्रदेस  मातहतका ८ वटा अस्पताल र आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको बागमती प्रदेशले जनाएको छ ।

बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल,सिन्धुपाल्चोकको जिल्ला अस्पताल र ती अस्पतालद्वारा संचालित आईसोलेशन र अन्य स्थानीय तह मार्फत सहकार्यमा संचालित थप १५ वटा आईसोलेशनमा कोरोना संक्रमितहरुको उपचार निशुल्क भइरहेको हो ।

साथै,प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षण समेत निःशुल्क भैरहेको बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।