कथित तपश्वी रामबहादुर बम्जनले आफ्नै वहिनी बन्धक बनाये

बारामा एक विदेशीसहित दुई महिलालाई बन्धक बनाएका तपश्वी भनिने रामबहादुर बम्जनले आफ्नै वहिनीलाई समेत बन्धक बनाएको रहस्य खुलेको छ । बम्जनकी आमा मायादेवीले छोरा बम्जनले बहिनी रञ्जितालाई आईतबार घरबाटै लिएर गई तपस्या स्थलमा बन्धक बनाएको उजुरी प्रहरीलाई दिएपछि बन्धक बनाएको रहस्य खुलेको हो । विदेश भ्रमणमा जाने तयारी गरिरहेका बम्जनले घरपरिवारले नागरिकता नदिएको भन्दै आक्रोशमा बहिनी रञ्जितालाई बन्धक बनाएको र बम्जनले नागरिकता दिएपछि मात्रै बहिनीलाई बन्धक मुक्त गर्ने बताएको परिवारको भनाइ छ ।

छोरीको रिहाईको लागि स्थानीयको सहयोगमा तपस्यास्थल पुगेपनि बोधि श्र्रवण धर्मसंघका सदस्यहरुले तरवार र लाठीसहित लखेटेको मायादेवीले बताइन् । महिलाहरुलाई बन्धक बनाएको घटना बारम्बार आइरहंदा पनि प्रहरीले भने बम्जनलाई अहिलेसम्म कार्वाही गर्न सकेको छैन । यसअघि, बम्जनले स्लोभाकियाकी मारिची र निजगढकी आनी भनिने महिलालाई तीन महिना बन्धक बनाई यातना दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।