भारत-पाक गृह सचिव स्तरीय वार्ता आजबाट

११ जेठ, एजेन्सी । भारत र पाकिस्तानबिच गृह सचिव स्तरीय वार्ता आजबाट सुरू हुने भएको छ । दुई दिन चल्ने उक्त वार्तामा उदार भिषाका बारेमा सम्झौता हुने जनाइएको छ भने २६/११ का विषयमा पनि छलफल हुने बताइएको छ ।

इस्लामावादमा हुने वार्तामा भारतमा मुम्बई हमलाको योजनाकर्ताहरुलाई कारबाही गर्ने सम्बन्धमा पनि दवाव दिने बुझिएको छ । दुवै देशबिच आतंकवादका विषयमा पनि छलफल हुने बताइएको छ । वार्तामा बीषा नीतिको साथ साथै पर्यटन भिषा, लगायतका भिषाका सम्बन्धमा पनि छलफल हुनेछ ।
सञ्चारमाध्यमहरुले जनाए अनुसार भारतबाट भागेर पाकिस्तानमा शरण लिइरहेका दाउद इब्राहिम सहित अन्य अपराधीको मुद्धा पनि उठाउने तयारी भारतले गरेको छ ।
तपाइँको प्रतिक्रिया ।