गोकर्णेश्वर ४ का विजय श्रेष्ठले हंगकंग बाट तेस्रो म्युजिक भिडियो सार्वजनिक गरे

गोकर्णेश्वर ४ का विजय श्रेष्ठले हंगकंग बाट तेस्रो म्युजिक भिडियो सार्वजनिक गरे

कपन अनलाइन

काठमाडौं ,असोज ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ किसिगाल स्थाई घर भइ १ दशक देखि हंगकंग मा बसोबास गर्दै आएका विजय श्रेष्ठले तेस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन । “यो साँचो हो”  गीतको म्युजिक भिडियो सामाजिक संजाल Photo Zone Facebook page र YouTube channel मार्फत सार्वजनिक गरेका हुन। Black Hawk Nepal का सावनदेव श्रेष्ठ को स्वर रहेको सो गितलाइ बिजय श्रेष्ठले नै निर्देशन, सम्पादन र छाँयाकन गरेको उक्त म्युजिक भिडियोमा ईण्डोनेसियन /चाईनिजले मोडल आनीको अभिनय देख्न सकिन्छ ।

लकडाउनको फुर्सदिलो समयमा Black Hawk Nepal का सावनदेव श्रेष्ठले युवाहरुलाई लक्षित गरि नयाँ Melody मा गीत बनेको बताएका छन ।यसअघि पनि “जाउँ जुन बाटोमा” “प्रेमपिडा” गीतको म्युजिक भिडियो बनाईसकेका बिजय श्रेष्ठका लागि पनि नयाँ अनुभव भएको बताएका छन् । “विदेशि मोडल र भाषा फरक भएपनि गीतको भावलाई आनीले जीवन्तता दिएकी छिन “बिजयले भने।प्रवासमा रहेको विदेशिहरुसँग नेपाली गीतमा सहकार्य गर्दा उनिहरुले पनि नेपाली गीत सँगीतलाई बिशेष चासो दिने गरेको आफुले अनुभब  गरेको बिजय श्रेष्ठले सुनाए ।

तपाइँको प्रतिक्रिया ।