म गोविन्द : दिव्य गिरी (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
भ्रष्टाचार गरेर मलाई
महल ठडाउनु छैन
भ्रष्टाचार गरेर मलाई
सात पुस्तासम्मको सन्तानको निम्ति
अकुतधन सम्पत्ती कमाउनु छैन
आफ्नो नैतिकता गुमाउनु छैन
आफ्नो इमान्दारिता बेच्नु छैन
आप्mनो स्वाभिमानलाई बन्धकी राख्नु छैन
निस्वार्थ भावले इमान्दारितपूर्वक
जनताको सेवा गर्नु मेरो धर्म हो
जनताको सेवामा समर्पित हुनु मेरो कर्म हो
मैले त्यहीकर्म गरेको छु
त्यो बाहेक अरु केही गरेको छैन
दुःखी, गरिब र निसहायको निम्ति आवाज उठाएको हुँ
उनीहरूको भलाईको निम्तितन मन लगाएको हुँ
तर तिमीअर्थात सरकार
मेरो आवाज सुन्नुपर्ला भनी
कानथुनेर बसेका छौ
मेरो मागलाई सम्बोधन गर्नु पर्ला भनी
पन्छिने बहाना खोजिरहेछ
कहाँ छ ? न्याय र समानता यहाँ
कहाँ छ ? दुःखीको आँशु पुछ्ने यहाँ
जो सत्तामा छन्
तिनीहरू सत्ताकै मातले बेहोस झैँ छन्
तिनीहरू सत्ताकै अन्धभक्तिले बहिरो छन्
तिनीहरू सत्ताकै उन्मादले मैमत्ता छन्
सकुनिहरूको बस्तीमा
फगत म गोविन्दएक्लो छु
फगत म गोविन्द अर्घेलो छु
फगत म गोविन्दआमरण अनसनमा छु
फगत म गोविन्दमानवताहीन बस्तीमा छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक