उठे सरासर : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १ ।
१. हुँदैन केही तरबारले यहाँ
गरेन केही सरकारले यहाँ
म स्वार्थ बिर्सेर सजाउँला घर
भनेर गोविन्द उठे सरासर ।
२. कतै छ कालो दहमाथिझन् दह
कतै सुनौलातहमाथिझन् तह
विभेदले देश हुँदैछ जर्जर
भनेर गोविन्द उठे सरासर ।
३. लुटे लुटेरै कतिले भरे घर
थिचे थिचेरै कतिकापुगे पर
हुनेछ कैले हक खै बराबर ?
भनेर गोविन्द उठे सरासर ।
४. छ भिन्नताको घर तोड्नु नै भने
छ खिन्नताको लय मोड्नु नै भने
अवश्यथालौँ दगरौँ त्यतैतिर
भनेर गोविन्द उठे सरासर ।
५. गराउँनै पर्दछ तीब्र खल्बल
बनाउँनै पर्दछ न्यायझल्मल
छ थुन्नु ब्वाँसानसके गयो घर
भनेर गोविन्द उठे सरासर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।