काठमाडौं महानगरपालिका वडा नं ६ मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द ।

कपन अनलाइन

काठमाडौं असोज ३० । काठमाडौं महानगरपालिका वडा नं ६ ले सार्वजनिक सुचना जारि गरेको छ ।वडा अध्यक्ष दिपेन्द्र लामा द्वारा जारी  गरेको सो सुचनामा काठमाडौं महानगरपालिका क्षेत्रमा कोभिड १९ संक्रमण बृद्दी भइरहेको, र सो वडा कार्यलयमा समेत जनप्रतिनिधि र  कर्मचारी गरि ९ जनालाई कोभिड १९ को संक्रमण भई केहि कर्मचारी अझै आइसोलेसनमा समेत रहेको  हुँदा यस विषम परिस्थितिको कारण वडा कार्यलयबाट सिफारिस लिई कार्यन्वयन गर्नु पर्ने जिल्ला प्रशासन कार्यलय लगायत अन्य कार्यलयहरुमा समेत अत्यावश्यक सेवा बाहेक कार्य बन्द गरिएको हुँदा मिति २०७७ कार्तिक २ गते देखि अर्को सुचना नभइन्जेल सम्मको लागि यस वडा कार्यालयबाट अत्यावश्यक सेवा बाहेक अन्य कार्य  बन्द गरिएको ऊल्लेख गरिएको छ ।साथै सो बाट पर्ने जाने असुविधा प्रति वडाले क्षमा प्रार्थी रहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।