Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121302219_644999786210131_859537964658377509_n-e1602841159312.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121651699_350840176199005_4550249275714963930_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षाका लागि रावा रेनुका दिदिबहिनी समुहद्वारा मोबाइल सहयोग

कपन अनलाइन

काठमाडौं ,असोज ३०।

खोटांग जिल्लाका दुई प्रमुख नदी रावा र रेनुकाको नाममा स्थापना भएको  रावा रेनुका दिदिबहिनी समुहको आयोजना र रावा दुबे शेरोफेरो समाज बेलायतको प्रायोजनमा निशुल्क मोबाइल वितरण गरिएको छ ।

रावा रेनुका दिदीबहिनी महिला समुहकी अध्यक्ष दिपा गुरुङको अध्यक्षता र बुढानिलकण्ठ नगर पालिककी उपप्रमुख रमा राइको प्रमुख आतिथ्यतामा बुढानिलकण्ठ -१० को हलमा  भएको सो  कार्यक्रममा बुढानिलकण्ठ नगर पालिका वडा -१० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई ,सदस्य भुव प्रसाद रेग्मी , रावा दुबे गुरुङ गूठीका अध्यक्ष युवराज गुरुङ,नेकपा बुढानिलकण्ठ -१० का अध्यक्ष जगत निरौला , जेष्ठ नागरिक समाज बुढानिलकण्ठ -१० का अध्यक्ष उद्दव दाहाल ,समाजसेवी रामचन्द्र दाहाल लगायत अतिथि रहेका थिए ।

उक्त मोबाइल वितरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै समुहकी कोशध्यक्ष शर्मिला गुरुङले संस्थाले सिमित श्रोत तथा साधनका बावजुद पनि केहि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन ।

त्यस्तै कार्यक्रमका वारेमा प्रकाश पार्दै समुहकी अध्यक्ष दिपा गुरुङले आर्थिक अवस्था कमजोर बनेर शिक्षाको उज्यालो बाट बन्चित रहेका बालबालिकाहरुलाइ सहयोग गर्नका लागि उक्त सहयोग गरेको बताएकी छन। बेलायतमा रहेका आफ्ना उदार मना आफन्तहरु बाट प्राप्त सहयोगलाई उपयोग गर्दै १० जना आर्थिक अवस्था कमजोर रहेका बालबालिकाहरुलाइ सहयोग गरेको जानकरी दिदै गुरुङले संस्थाले आगामी दिनमा पनि विभिन्न सहयोगका कार्यक्रम गर्ने बताएकी छन।

तपाइँको प्रतिक्रिया ।