नेकपा बुढानिलकण्ठ स्वयंसेवक समुह वडा नं ४ को रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असोज ३०।
नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सहयोगका लागि गठन गरेको स्वयंसेवक समुह वडा नं ४ को आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कोरोना प्रकोपको विषम परिस्थितिमा रगतको आवस्यकता परेको अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको सो कार्यक्रममा ५२ जनाले रक्तदान गरेको कार्यक्रमकी संयोजक कमला पन्तले जानकारी दिएकी छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पसिकोटमा भएको सो रक्तदान कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,नेकपा बागमती प्रदेस कमिटिका सचिवालय सदस्य सुन्दर पुर्कुटी ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल,वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।