सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी

सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी

कपन अनलाइन

काठमाडौं ,असोज २८ । आउदै  गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएको छ।

भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नमहाशाखामा रहेको पीडित सहायता ईकाईबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर प्रसाद यादवले बताएका छन  ।

मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरि टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताए ।

सादा पोसाकका ट्राफिक प्रहरीले बढिभाडा लिई टिकट काट्ने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसहरूमा चढीतोकिएको मूल्यअनुसार टिकटलिएको छ, छैन चेकजाँच पनि गर्नेछ।

यसका साथै टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।