नेकपा बुढानिलकण्ठ -४ स्वयंसेवक समुहले असोज ३० गते रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं ,असोज २८।

नेकपा बुढानिलकण्ठ -४ स्वयंसेवक समुहले असोज ३० गते रक्तदान कार्यक्रम गर्ने भएको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सहयोगी भूमिका निर्वाह गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठले परिचालन गरेका स्वयंसेवक समुह अन्तर्गत वडा नं ४ ले असोज ३० गते वडा नं ४ पासिकोटमा बिहान ८ बजे देखि १२ बजे सम्म सो रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रकोपको विषम परस्थितिमा रक्तदान गरेर सहयोग गर्न आयोजकले सबैमा अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।