मनाङको अर्गानिक स्याउ काठमाडौँ आइपुग्यो

मनाङको अर्गानिक स्याउ काठमाडौँ आइपुग्यो

कपन अनलाइन

काठमाडौं ,असोज २८ ।

कोरोना कहरबीच मनाङको स्याउ राजधानी काठमाडौँ आइपुगेको छ । मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउ काठमाडौं आइपुगेको हो ।
हिमालयन फ्रेस’ ब्राण्डको स्याउको एकमात्र आधिकारिक बिक्रेता जिके एण्ड सन्स एग्रो प्रा.लि.ले सोमबार पहिलो खेप काठमाडौँ पुर्याएको छ । सिता पाइलास्थित कोल्ट स्टोरमा राखेर आजबाट स्याउ बिक्री थालिएको जिकेका कार्यकारी निर्देशक गणेश चालिसेले जानकारी दिए ।
तीन हजार मिटर उचाईमा उत्पादन भएको अर्गानिक स्याउ भएकोले कोरोना भाइरसविरुद्ध प्रतिरोध क्षमता बढाउने जिके एण्ड सन्सको प्रवन्धक चालिसेको दाबी छ । विज्ञहरुले पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने बताएको चालिसेले बताए । “तीन हजार मिटरको उचाईमा फलेको अर्गानिक स्याउ भएकोले कोरोनाभाइरससँग लड्ने प्रतिरोधी क्षमता बढाउने कुरा विज्ञहरुले बताउनुभएको छ” चालिसेले भने।

मनाङबाट आइपुगेको स्याउ उपयुक्त तापक्रमयुक्त स्टोरमा राखेर मागअनुसार बजारमा पुर्याउने गरेको छ ।
“सोमबार पहिलो गाडी आयो । आजबाट बजारमा बिक्री सुरु भएको छ । आजै भाटभटेनीलगायत डिपार्टमेन्ट स्टोर र ठूलो अर्गानिक पसलहरुले स्याउ उठाएका छन्” चालिसेले भने । उनले अब मनाङबाट नियमित स्याउ काठमाडौँ आउने बताए ।
ताजा स्याउ खान चाहने उपभोक्तका लागि थोक तथा खुद्रा बिक्री पनि गरिने चालिसे जानकारी दिए । कोरोना महामारीको कारण घर बाहिर निस्कन नसक्ने वा नचाहने ग्राहकहरुको लागि घरसम्मै पुर्याइदिने व्यवस्था गरेको समेत उनले बताए ।
एग्रो मनाङ नेपालकै ठूलो र आधुनिक स्याउ फार्म हो । ग्रेडिङ गरिएको स्याउ विदेशी स्याउभन्दा सस्तो र स्वादिलो भएको कम्पनीले बताएको छ ।होम डेलिभरीको लागि सम्पर्कः ९८५८०२३८०९ सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।