कागेश्वरी वडा नं ७,८ र ९ का महिला स्वास्थ्य स्वयं सेविकालाइ प्रोत्साहन रकम वितरण
कपन अनलाइन
काठमाडौं असोज २५ । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम बितरण गरिएको छ । आइतबार बागमती प्रदेश सभा सदस्य मणिराम फुयालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं. ७ , ८ र ८ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुले गरेको कार्यको उच्च मूल्यांकन गरेर सम्मान सहित प्रोत्साहन रकम प्रदान गरिएको नगर उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले बताउदै आगामी दिनमा अझ बढि सक्रिय भएर स्वास्थ्य सेवा नगरबासीलाई प्रदान गर्ने कार्यमा लाग्न महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मणिराम फुयालको आयोजकलाइ धन्यबाद दिदै हिजोको दिन मातृ शिशु मृत्युदर अन्तको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको समर्पण र अतुलनीय भूमिकाको कारण मातृ तथा शिशु मृत्युदरमा कमि आएको बताए ।उनले कोरोना नियन्त्रणको लागि पनि महिला स्वयम सेविकाहरुको महत्वपुर्ण भूमिका हुने भन्दै जनचेतना जगाउने काममा सुरक्षित भएर लाग्न पनि अनुरोध गरेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा मासिक रु.१ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने क्रममा वडा नं. ७, ८ र ८ मा कार्यरत२७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रमुख अतिथि बाट सम्मान तथा प्रोत्साहन रकम प्रदान गरिएको थियो भने कोरोना संक्रमण भएर होम आइसोलेसन मा रहेका बिरामीहरुको लागि हेल्थकिट पनि प्रमुख अथिति बाट वितरण गरिएको थियो।
कोरोना संक्रमण को कारण सामाजिक दुरी कायम गरि वडा वडामा छुट्टा छुट्टै मितिमा महिला स्वयं सेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाका कि कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले कपन अनलाइन लाइ जानकारी गराइन ।कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापा उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा , वडा नं ७ का वडा अध्यक्ष जीवन थापा , नगरपालिकाका कि कोभिड फोकल पर्शन लक्ष्मी कोइराला सहित कार्यपालिका सद्स्य नगर सदस्यहरु लगायत स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिदै आइरहेका छन्।नगरपालिकाले नगरका सबै वडाहरुमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मासिक रुपमा प्रोत्साहन भत्ता उपलब्ध गराउदै आएको छ ।