Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120909732_1585544454940465_3614636211457576364_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121012660_2747496228857479_6817543217492195463_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120953114_338904997200578_1746932801090493276_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120930264_364672254661784_5120069701210831425_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121010548_782985672481164_640853545632492888_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120936772_2870837829906078_7079519909441918362_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120960551_651029672279489_3283588147407724277_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120932899_804498920338288_7053597416647059142_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल (एन. आर. एस. डि) द्वारा व्हील चियर वितरण

कपन अनलाइन

काठमाडौँ, असोज २५ गते।  राष्ट्रिय अपाङ्ग पुनर्स्थापना  समाज नेपाल(एन. आर. एस. डि)ले  शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर वितरण गरेको छ ।समाज सेवी तथा नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेको पहलमा  राष्ट्रिय अपाङ्ग पुनर्स्थापना  समाज नेपाल(एन. आर. एस. डि)ले आइतबार काठमाडौं महानगरपालिका वडा नं ६ स्थित  रामहिटीस्थित मण्डला क्लबमा  एक कार्यक्रमका बीच  छ वटा आधुनिक व्हिल चियर वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा नेपाली चलचित्र क्षेत्रका महानायक तथा (एन. आर. एस. डि)का संरक्षक राजेश हमाल , गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे एन. आर. एस.डि. का उपाध्यक्ष सुगम भट्टराई  काठमाडौँ महानगरपालिका वडा नं ६कि महिला सदस्य तथा नव जागृति माविका शिक्षक तथा बिद्यार्थीहरुको  उपस्थिति रहेको थियो।सामाजिक दुरी सहित सुरक्षित तवर बाट  संक्षिप्त रुपमा आयोजना गरेको कार्यक्रम संचालन समाज सेवी तथा नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेले गरेका थिए।

केहि समय अघि मात्र स्व. भएका  एन. आर. एस. डि का संरक्षक एबम महानायक राजेश हमालका भाइ राकेश हमाल प्रति श्रद्दान्जली स्वरूप एक मिनेट मौन धारण गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सुगम भट्टराईले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले अपांगता भएका व्यक्तिले आवश्यक आकारको ह्वीलचियर नपाउने, मर्मत गर्न गाह्रोजस्ता समस्या भोगिरहेका छन् । यसबाहेक ह्वीलचियर  मैत्री बाटो नहुँदा समस्या भोगिरहेका छन् । यस्तै समस्यालाइ केहि हद सम्म भए पनि समाधान गर्नको लागि  नाप जांच पश्चात आधुनिक व्हिल चियर वितरण गरिएको बताए । उनले साउन ६ गते नै नाप जांच गरिए पनि सो बेला राकेश हमाललाइ गुमाएको बताउदै जसको कारण सो कार्यक्रम पछि धकेलिएको जानकारी गराए ।

 २००६ देखि नै अमेरिकन एन जि योले   बार्षिक रुपमा व्हिल चियरहरु दिने गरेको र त्यसलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरेर प्रत्येक सामग्री प्रयोग गर्नु भन्दा अगाडी त्यसलाई टेक्निकल्ली नापजाँच गरेर सही आकार र प्रकारको भए पात्र प्रयोग गर्ने ब्यक्तिलाइ सहज सुबिधा  हुन्छ अन्यथा त्यसले थप अपांगता निम्त्याउछ भन्ने आधारमा बसेर नाप जांच पछि मात्र वितरण गर्ने गरेको बताए ।उनले गत साल मात्र देशको ६० भन्दा बढी ठाउमा पुगेर कार्यक्रम आयोजना गरेको समेत जानकारी  गराए। कोभिडको कारण यो वर्ष ६ महिना जति ढिलो हुन गएको जानकारी गराउदै गत हप्ता मात्र सुदुर पश्चिमको धनगढी टिकापुर लम्की लगायत ठाकुर द्वारा हुदै पूर्वको रौतहटमा १५० भन्दा बढी आधुनिक व्हिल चियर वितरण गरिएको पनि जानकारी गराएका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै एन आर एस डी संग जोडिन पाउदा खुसि लागेको बताए ।उनले गोकर्णेश्वर नगरपालिकामा समेत सो संस्था संग मिलेर धेरै कार्यक्रम गरेको केहि दिन अघि मात्र पनि शैक्षिक सामग्री वितरण गरेको स्मरण गरेका थिए ।उनले गोकर्णेश्वर नगरपालिकामा सबै भन्दा धेरै अपांग पुनर्स्थापना केन्द्र रहेको जानकारी गराउदै त्यस्ता संस्थाहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि एन आर एस डी संग मिलेर सहकार्य गर्दै बिभिन्न कार्यक्रम गर्ने बताए। “अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजरमा परिवर्तन गर्न अपांगता भएकाहरुले पनि आँफुहरुलाई कमाजोर नठानी सकेको काम गर्नु आवश्यक छ” उनले भने।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  एन. आर. एस. डि का संरक्षक एबम महानायक राजेश हमालले आयोजकलाइ ध्नायाबाद दिदै आफ्नो भाइले बिगत १४ बर्ष देखि  अपांगता भएका ब्यक्तिहरुलाई पुनर्स्थापन गराउने क्रममा धेरै व्हिलचियरहरु वितरण गर्दै आइ रहेको स्मरण गरेका थिए। उनले राष्ट्र ब्यापी रुपमा धेरै यस्ता व्हिल चियरहरु वितरण पनि गरिसकेको जानकारी गराउदै व्हिल चियर बातावरण मैत्री ,व्यक्तिको समस्या अनुकुल, त्यै मापदण्डलाइ अपनाएर व्हिल चियर वितरण गर्दै आइरहेको बताए ।उनले क्षमतालाई मध्यनजर गरी आवाश्यकताको आधारमा अवसर पाएमा सामान्य व्यक्ति जस्तै अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन्  भन्ने उदाहरण समाजमा धेरै पाइने बताए ।

अपांगता भएर पनि निरन्तर काम गरेर आफ्नो जीवनमा सफल बनेका केही ब्यक्तिले अपांगता भए तापनि सपांगको लागि समेत प्रेरणाको स्रोत बनेका थुप्रै उदाहरण रहेको बताए ।अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका सक्रिय सदस्यहरू हुन् र सही अवसर प्रदान गरिएमा उनीहरूले समाजको उन्नतिका लागि उल्लेखनीय योगदान पुर्याउन  सक्ने बताए।

उनले अपांगता भएका ब्यक्तिहरुलाई स्वतन्त्र रुपमा हिड डुल गर्न, स्वतन्त्र रुपले  आफ्नो क्षमताको अभिव्यक्त  गर्ने बातावरण संस्थाले दिलाएको भन्दै शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरुलाई हाम्रो दया माया भन्दा पनि उहाहरुलाई आफ्नो क्षमता अनुसार स्वतन्त्र रुपमा काम गर्न समाजमा बातावरण सिर्जना गर्न सकेको खण्डमा त्यो नै उनीहरुको लागि महत्वपुर्ण उपहार रहने बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यबाद दिदै  उनले जसरी  राजनीतिलाई हेर्ने दृष्टिकोण फरक फरक छ  त्यसै गरि फरक क्षमता भएका मानिसलाई पनि समाजले हेर्ने दृष्टिकोण फरक रहेको बताए  ।उनले आफ्नो साथै जो फरक क्षमताका रहेका छनदण्ड बुढाथोकी जो संग  उनले  संगै एउटै रुममा होस्टेलमा बसेको र आफुलाई कहिले पनि उ शारीरिक रुपले अशक्त छ भन्ने भावना पैदा नभएको बताए।

 उनले समाजमा अपांगता भएका व्यक्तिहरू दुर्बल वा अक्षम होइनन्, फरक क्षमताका हुन् भन्ने बुझ्न बुझाउन आवश्यक  रहेको र उनीहरु संग  भएको  क्षमता प्रस्फुटन गर्ने बातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए  ।उनले भने  “फरक क्षमता भएकालाई दया वा सहानुभूति होइन, उनीहरुको क्षमता विकास गर्नु पर्छ” ।

अपांगता भएका व्यक्तिहरू ले आफ्नो समाजलाई मात्रै होइन विश्वलाई नै चकित पार्ने सिर्जशील काम गरेका  धेरै दृष्टान्तहरू छन  त्यसैले, अपांगता भएका व्यक्तिलाई अक्षम होइन ‘फरक क्षमताका व्यक्ति’ भन्न थालिएको बताए ।उनले राज्य फरक क्षमता भएकाहरुलाई सहयोग गर्नुपर्ने र उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताए  त्यसैगरि उनले फरक क्षमता भएका मानिसहरुलाई सहयोग गर्दा पनि उनीहरुको आत्म सम्मानमा ठेस नपुग्ने गरि सहयोग गर्दै उनीहरु भित्र रहेको क्षमता उजागर गर्न  हौसला बढाउनु पर्ने बताए  ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।