फरक क्षमता भएकाहरुको आत्मसम्मानमा ठेस नपुग्ने गरि सहयोग गर्नुपर्छ :छिरिंग दोर्जे लामा (बागमती प्रदेश सभा सदस्य)
कपन अनलाइन
काठमाडौं,असोज २५ ।राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल(एन. आर. एस. डि)ले शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई निशुल्क आधुनिक व्हिल चियर वितरण गरेको छ। समाज सेवी तथा नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेको पहलमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल(एन. आर. एस. डि)ले आइतबार काठमाडौं महानगरपालिका वडा नं ६ स्थित रामहिटीस्थित मण्डला क्लबमा एक कार्यक्रमका बीच छ ,वटा आधुनिक व्हिल चियर वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यबाद दिदै जसरी राजनीतिलाई हेर्ने दृष्टिकोण फरक फरक छ , त्यसै गरि फरक क्षमता भएका मानिसलाई पनि समाजले हेर्ने दृष्टिकोण फरक रहेको बताए। उनले आफ्नो साथै जो फरक क्षमताका रहेका छनदण्ड बुढाथोकी जो संग उनले संगै एउटै रुममा होस्टेलमा बसेको र आफुलाई कहिले पनि उ शारीरिक रुपले अशक्त छ भन्ने भावना पैदा नभएको बताए।
उनले समाजमा अपांगता भएका व्यक्तिहरू दुर्बल वा अक्षम होइनन्, फरक क्षमताका हुन् भन्ने बुझ्न बुझाउन आवश्यक रहेको र उनीहरु संग भएको क्षमता प्रस्फुटन गर्ने बातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।उनले भने “फरक क्षमता भएकालाई दया वा सहानुभूति होइन, उनीहरुको क्षमता विकास गर्नु पर्छ”।अपांगता भएका व्यक्तिहरू ले आफ्नो समाजलाई मात्रै होइन विश्वलाई नै चकित पार्ने सिर्जशील काम गरेका धेरै दृष्टान्तहरू छन , त्यसैले, अपांगता भएका व्यक्तिलाई अक्षम होइन ‘फरक क्षमताका व्यक्ति’ भन्न थालिएको बताए ।
उनले राज्यले फरक क्षमता भएकाहरुलाई सहयोग गर्नुपर्ने र उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने बताए ।उनले कोभिडको कारण धेरै जनामा मानसिक रुपमा पनि धेरै असर गरिरहेको पनि बताए।धेरै मानिसले शारीरिक तथा मानसिक स्वास्थ्य फरक कुरा हुन् भन्ने भ्रम पालेर बसेका हुन्छन्। शारीरिक स्वास्थ्यको मात्र ख्याल गरे पुग्छ भन्ने आमबुझाइ पाइन्छ। यही बुझाइका कारण धेरैले आफ्ना मानसिक समस्या लुकाएर राख्छन्। त्यसबारे कुरा गर्दैनन्, समाधान खोज्दैनन्।
तनाव पनि मानसिक समस्याकै रूप हो। धेरै मान्छे यसबारे खुलेर कुरा गर्न चाहँदैनन, म तनावमा छु भन्न हिच्किचाउँछन्। बाहिरबाट जतिसुकै हाँसेर बोले पनि भित्रभित्रै उसलाई तनावले खाइरहेको हुन्छ। यसले अन्तत: जटिल खालका शारीरिक तथा मानसिक समस्या देखिने हुदा तनाब लिनु नहुने बताए।त्यसैगरि उनले फरक क्षमता भएका मानिसहरुलाई सहयोग गर्दा पनि उनीहरुको आत्म सम्मानमा ठेस नपुग्ने गरि सहयोग गर्दै उनीहरु भित्र रहेको क्षमता उजागर गर्न हौसला बढाउनु पर्ने बताए ।
फोटो : सरोज बस्नेत