निजगढ काठमाडौँ द्रुतमार्ग निरीक्षणमा बागमती प्रदेशका मुख्यमन्त्री पौडेल

कपन अनलाइन

हेटौडा ,असोज २५।

बागमती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  निजगढ काठमाडौँ द्रुतमार्ग अन्तर्गतको बुदुने खण्डको अवलोकन गरेका छन  । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकनका लागि उहाँ आज मकवानपुरगढी गाउँपालिकाको बुदुने पुगेका हुन्  ।

त्यस क्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा १८ नम्बर वडामा व्यक्तिगत र सामुहिकरुपमा लगाइएको मेवा खेतीको पनि अवलोकन गरेका थिए  ।

त्यस्तै  मुख्यमन्त्री पौडेलले  हेटौंडा निर्माणाधिन गौरीटार रंगशालाको फुटबल मैदान, कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न बनाइएको आइसोलेसन कक्ष र हेटौंडा बहुप्राविधिक महाविद्यालय निर्माण स्थलको अवलोकन गर्दै जानकारी लिएका थिए।

तपाइँको प्रतिक्रिया ।