फरक क्षमता भएका ब्यक्तिलाइ अवसर दिनुपर्छ : सन्तोष चालिसे (नगर प्रमुख गोकर्णेश्वर)

कपन अनलाइन

काठमाडौं,असोज २५। राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल(एन. आर. एस. डि)ले शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई निशुल्क आधुनिक  व्हिल चियर वितरण गरेको छ। समाज सेवी तथा नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेको पहलमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना  समाज नेपाल(एन. आर. एस. डि)ले आइतबार काठमाडौं महानगरपालिका वडा नं ६ स्थित  रामहिटीस्थित मण्डला क्लबमा  एक कार्यक्रमका बीच  छ ,वटा आधुनिक व्हिल चियर वितरण गरिएको हो।

उक्त कार्यक्रममा शुभकामना मन्तब्य गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै एन आर एस डी संग जोडिन पाउदा खुसि लागेको बताए।सपांग सरह सहज रुपमा हिडडुल गर्ने आकांक्षा रहेर पनि बिबिध कारणबश घरबाट निस्कन नसक्ने असक्त ब्यक्तिहरुलाइ संस्थाले  ह्विल चेयर वितरण गरेकोमा खुसि ब्यक्त गरेका थिए ।

उनले गोकर्णेश्वर नगरपालिकामा समेत सो संस्था संग मिलेर धेरै कार्यक्रम गरेको, केहि दिन अघि मात्र पनि शैक्षिक सामग्री वितरण गरेको स्मरण गरेका थिए ।उनले गोकर्णेश्वर नगरपालिकामा सबै भन्दा धेरै अपांग पुनर्स्थापना केन्द्र रहेको जानकारी गराउदै त्यस्ता संस्थाहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको बताए।

उनले आगामी दिनमा पनि एन आर एस डी संग मिलेर सहकार्य गर्दै बिभिन्न कार्यक्रम गर्ने बताए। समाजमा अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजरमा परिवर्तन गर्न अपांगता भएकाहरुले पनि आँफुहरुलाई कमजोर नठानी सकेको काम गर्नु आवश्यक छ, उनले भने।सबै बर्ग समुदाय प्रति गोकर्णेश्वर नगरपालिका उत्तरदायी  रहेको र उनीहरुको दैनिक जिवनलाई सहज बनाउन हरदम तयार रहेको र समाजमा  फरक क्षमता भएका ब्यक्तिहरुलाइ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न बिभिन्न कार्यक्रम गर्दै आएको   बताए ।अपांगता भएका व्यक्तिहरूले पनि क्षमता देखाउन सक्छन्, उनीहरूलाई अवसर दिनुपर्छ भन्ने मान्यता विकास हुँदै गएको  पनि उनले बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।