अवसर पाए अपांगता भएका ब्यक्तिले पनि समाजमा सिर्जनशिल काम गर्न सक्छन : महानायक राजेश हमाल

कपन अनलाइन 

काठमाडौं,असोज २५। राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज नेपाल(एन. आर. एस. डि)ले  शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर वितरण गरेको छ। समाज सेवी तथा नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेको पहलमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना  समाज नेपाल(एन. आर. एस. डि)ले आइतबार काठमाडौं महानगरपालिका वडा नं ६ स्थित  रामहिटीस्थित मण्डला क्लबमा  एक कार्यक्रमका बीच  छ वटा आधुनिक व्हिल चियर वितरण गरिएको हो।

उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  एन. आर. एस. डि का संरक्षक एबम नेपाल चलचित्र  महानायक राजेश हमालले आयोजकलाइ धन्यवाद दिदै आफ्नो भाइले बिगत १४ बर्ष देखि  अपांगता भएका ब्यक्तिहरुलाई पुनर्स्थापन गराउने क्रममा धेरै व्हिलचियरहरु वितरण गर्दै आइ रहेको स्मरण गरेका थिए। उनले राष्ट्र ब्यापी रुपमा धेरै यस्ता व्हिल चियरहरु वितरण पनि गरिसकेको जानकारी गराउदै व्हिल चियर बातावरण मैत्री व्यक्तिको समस्या अनुकुल त्यै मापदण्डलाइ अपनाएर व्हिल चियर वितरण गर्दै आइरहेको बताए।

उनले क्षमतालाई मध्यनजर गरी आवाश्यकताको आधारमा अवसर पाएमा सामान्य व्यक्ति जस्तै अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन्  भन्ने उदाहरण समाजमा धेरै पाइने बताए।अपांगता भएर पनि निरन्तर काम गरेर आफ्नो जीवनमा सफल बनेका केही ब्यक्तिले अपांगता भए तापनि सपांगको लागि समेत प्रेरणाको स्रोत बनेका थुप्रै उदाहरण रहेको बताए। अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका सक्रिय सदस्यहरू हुन र सही अवसर प्रदान गरिएमा उनीहरूले समाजको उन्नतिका लागि उल्लेखनीय योगदान पुर्याउन  सक्ने बताए।

उनले अपांगता भएका ब्यक्तिहरुलाई स्वतन्त्र रुपमा हिड डुल गर्न, स्वतन्त्र रुपले आफ्नो क्षमताको अभिव्यक्त  गर्ने बातावरण संस्थाले दिलाएको भन्दै शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरुलाई हाम्रो दया माया भन्दा पनि उहाहरुलाई आफ्नो क्षमता अनुसार स्वतन्त्र रुपमा काम गर्ने  बातावरण समाजमा  सिर्जना गर्न सकेको खण्डमा त्यो नै उनीहरुको लागि महत्वपुर्ण उपहार रहने बताए  ।

तपाइँको प्रतिक्रिया ।