बुढानिलकण्ठ- ६ की अनुपा कार्कीलाई ठक्कर दिएर भागेको FZ मोटरसाइकल फेला पर्यो

बुढानिलकण्ठ- ६ की अनुपा कार्कीलाई ठक्कर दिएर भागेको FZ मोटरसाइकल फेला पर्यो

कपन अनलाइन

काठमाडौं ,असोज २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ की अनुपा कार्कीलाई ठक्कर दिएर भागेको मोटरसाइकल र त्यसका चालक पक्राउ परेका छन।असोज ७ गते दिँउसो १२ः५० बजे काठमाडौं  महानगरपालिका–३  त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २६ वर्षीया अनुपा कार्की र उनका ३० वर्षीय श्रीमान विक्रम कार्कीलाई ठक्कर दिएर भागेको प्रदेश नम्बर ३–०२/००७ प ७६ १५ नम्बरको मोटरसाइकल र त्यसका चालक २१ वर्षीय सुरज विकलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

बागबजारमा लुकेर बसेका  मकवानपुर जिल्लाको वागमती गाउँपालिका–७ का स्थायी वासिन्दा सुरज विकले चलाएको FZ मोटरसाइकलले कार्कीलाई ठक्कर दिएर लडेपछि बा ११ च ४१ ४१ नम्बरको गाडीले किचेर भागेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का ३० वर्षीय बिक्रम कार्कीको उपचारका लागि अस्पताल गएकी अनुपा कार्कीको दुर्घटनामा परेर मृत्यु भए संगै उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएपछी प्रहरी ठक्कर दिने मोटरसाइकलको खोजीमा रहेको थियो।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।