मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम : महाभारत गाउँपालिकाको केन्द्र सडक संजालमा जोडियो

मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम : महाभारत गाउँपालिकाको केन्द्र सडक संजालमा जोडियो

कपन अनलाइन

काठमाडौं ,असोज २१।

मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको  महाभारत गाउँपालिकाको केन्द्र सडक संजालमा जोडिएको छ। महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे -देबिटार सडक ट्रयाक खुले संगै सो गाउँपालिकाको केन्द्र रास्ट्रिय सडक संजाल संग जोडिएको छ।

त्यस्तै बागमती प्रदेस सरकारले धादिङ जिल्लाको  रुबिभ्याली गाउँपालिकाको केन्द्रबाट नजिकैको कालोपत्रे सडकसम्म जोड्नका लागि निर्माण कार्य अगाडी बढाईएको छ।

त्यस्तै बागमती प्रदेस सरकारको सबै स्थानीय तहका केन्द्र सम्म कालोपत्र सडक पुर्याउने योजना अनुसार थप १४ वटा स्थानीय तहको  केन्द्रसम्म बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्रे गर्ने कार्य जारी रहेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।