काठमाडौं –४ चण्डोलको जोडियाक टिस्ट्रिब्यूटर्समा प्रहरीको छापा,संचालक पक्राउ

काठमाडौं –४ चण्डोलको जोडियाक टिस्ट्रिब्यूटर्समा प्रहरीको छापा,संचालक पक्राउ

कपन अनलाइन

काठमाडौं ,असोज २१ ।

काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेको छ ।  महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले छापा मारेर सो डिस्ट्रीब्यूटर्सबाट करिब ३ करोड मुल्य पर्ने म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ ।

म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डिस्ट्रीब्यूटर्सका सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगर रहेका  छन् ।

चण्डोल स्थित सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ ।

तपाइँको प्रतिक्रिया ।