प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ दुई तिहाईले पारित
कपन अनलाइन
काठमाडौं ,असोज २०।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो। विपक्षमा १३ मत परेको छ।
यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ। प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गरेका थिए ।
प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६, राष्ट्रिय जनमोर्चा १ जना सांसद छन्।
तपाइँको प्रतिक्रिया ।