आइतवारे पार्क बुढानिलकण्ठमा मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी हुने

आइतवारे पार्क बुढानिलकण्ठमा मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी हुने

कपन अनलाइन

काठमाडौं ,असोज २०।

आइतवारे पार्क बुढानिलकण्ठमा मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी हुने भएको छ। विभिन्न क्षेत्रका व्यक्तित्व र रास्ट्रिय विभूतिहरुको शालिक स्थापना गरिने सो पार्कमा उक्त कार्यशाला गोष्ठी गर्ने तयारी गरिएको हो।

बागमती प्रदेसका प्रदेस   सभा सदस्य दिपक निरौला ,ललितकला प्रतिष्ठानका प्राज्ञ लालकाजी लामा र पत्रकार फुलमान बलले सो क्षेत्रको निरीक्षण गर्दै सो पार्कमा स्थापना गरिने शालिकहरुका वारेमा अध्ययन गरेका थिए ।

काठमाडौं उपत्यकाकै नमुना पार्कका रुपमा करिव २०० रोपनी क्षेत्रमा स्थापना गर्न लागिएको सो पार्कमा रहेका चट्टान र अन्य स्थानमा मुर्ति र शालिक निर्माणको सम्भावनाका वारेमा बिज्ञहरु संग सुझाव लिइएको बताउदै प्रदेस सभा सदस्य निरौलाले यसको प्रवर्धन र विकासका लागि मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने सो पार्कमा तामाङ संग्रहालय ,नमुना तुईन र झोलुंगे पुल सहित विभिन्न संरचना निर्माण गरिनेछ।

 

 

तपाइँको प्रतिक्रिया ।