कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ को पहिरोमा छ गाईको पुरिएर मृत्यु
कपन अनलाइन
काठमाडौं ,असोज १८।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ मा पहिरो जाँदा सो स्थानमा संचालनमा रहेको गाई फार्मका ६ गाईको मृत्यु भएको छ। सो स्थानमा रहेको निर्माणाधीन सडकको भाग खसेर गाई फार्म पुरेको थियो ।
असोज १६ गते गएको पहिरोमा मेलम्चीनगरपालिका वडा नं १ स्थायी वसोवास भएका हाल गोकर्णेश्वर नगरपालिका वस्दै आएका कुल प्रसाद चौलागाईले संचालन गरेको फार्म पहिरोमा परेको थियो ।
त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल नजिक रहेको सो स्थानमा पहिरो गएर उक्त घटना भए संगै नगरपालिकाका प्रमुख लगायतका जनप्रतिनिधि ,नेपाली सेना ,शशस्त्र प्रहरी सहितको सहयोगमा उद्दार गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।