सांसद गगन थापालाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असोज १८

नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।

अहिले  आइसोलेसनमा रहेका काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य थापाले आफ्नो सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र सावधानी पुर्वक रहनका लागि अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।