चावहिलको “मित्र मण्डल” मासियो ,जनप्रतिनिधिले घोषणा पत्र विर्सिए
कपन अनलाइन
काठमाडौं ,असोज १८।
काठमाडौं महानगरपालिका वडा नमस्ते ७ चावहिलमा रहेको “मित्र मण्डल” भवन भत्काएर सो स्थानमा पक्कि अर्को भवन निर्माण गरिएको छ।
काठमाडौंको उत्तरी भेगका धेरै राजनीतिक,शैक्षिक,बौद्धिक व्यक्ति र घटनाहरुको शाक्षीका रुपमा रहेको २००७ शालमा स्थापना गरिएको सो “मित्र मण्डल” भात्काउदा त्यो संगै निकै ठुलो इतिहास र यो भेग कै पहिचान मासिने तर्फ वेवास्ता गर्दै पक्कि भवन बनाउनु उचित नभएको भन्दै एक स्थानीयले दुख व्यक्त गरेका छन।
साहित्य ,शिक्षा ,राजनीति ,समाजसेवा र अन्य क्षेत्रमा स्थापित धेरै व्यक्तित्वहरुले आफ्नो यात्राको प्रस्थान विन्दु बनाएको सो भवनमा मित्र वाचनालय र मित्र क्लब पनि संचालन हुदै आएका थिए।
सो स्थानमा मित्र सह शिक्षालयका रुपमा २०३० शालमा स्थापना गरिएको भवनलाई पुरानै शैलीमा बनाएर इतिहासको संरक्षण गर्नुपर्नेमा पूर्वाधार विकासका नाममा पक्कि भवन बनाउदा यसले एउटा सुनौलो इतिहासलाई अन्त्य गर्न खोजेको देखिने सो विद्यालयलका एक पुर्व शिक्षकले बताए।
बिहान, दिउँसो, र रात्री गरेर तिन शत्रमा पठन पाठन गर्दै आएको सो विद्यालयले भवन संगै निकै ठुलो ऐतिहासिक प्राज्ञिक धरोहारको विनास गरेको बताउदै एक सामाजसेवीले स्थानीय तहका जनप्रतिनिधिले आफ्नो चुनावी घोषणा पत्रमा शैक्षिक ,सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण गर्ने भनेर गरेर बाचा विर्सिएको आरोप लगाएका छन।
दैनिक प्रातकालिन र सन्ध्याकालिन भ्रमणमा निस्कदा विश्व बैंकको सहयोगमा निर्माण गरिएको तिन तले पक्कि भवनले एउटा गौरवशाली इतिहास मारेको देख्दा निकै पिडा लाग्ने यो मण्डल संग जोडिएका एक लेखकले बताए।
“मित्र मण्डल” मासेर बनाइएको पक्कि भवन :