कागेश्वरी मनोहरा नगरपालिकामा असोज १६ गते २७ जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौँ,असोज १७ । कागेश्वरी मनोहरा नगरपालिकाले असोज १६ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जस अन्तर्गत असोज १६ गते थप १६ पुरुष र ११ जना महिला गरि कुल २७ जना संक्रमित फेला परेको उल्लेख गरेको छ ।त्यसै गरि हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा २८५६ जना पुरुष र १४३८ जना महिला गरि कुल ४२९४ जनाको पिसीआर परिक्षण गरिएको उल्लेख गरिएको छ । त्यसै गरि नगरपालिकाले ७८४ जना पुरुष र ५६० महिला गरि कुल १३४४ जनाको आर डीटि परिक्षण गरीएको र हाल आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ ।
त्यसै गरि हाल सम्म २३१ जना पुरुष र १४९ जना महिला गरि कुल ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।त्यसै गरि १५८ जना पुरुष र ९९ जना महिला गरि कुल २५७ जनाले कोरोना जितेको जनाएको छ हाल सम्म १ जना पुरुष र २ जना महिला गरि कुल तीन जना दिर्घ रोगीको कोरोनाको कारण मृत्यु भएको जनाएको छ ।त्यसैगरि कागेश्वरीको मुलपानी नगर अस्पतालको नगर अस्पतालको आइसोलेसनमा ७ जना पुरुष र ४ जना महिला गरि कुल ११ जना रहेको त्यसै गरि होम आइसोलेसनमा ६७ जना पुरुष र ४६ जना महिला गरि कुल ११३जना रहेको जनाइएको छ ।त्यसै गरि नगरपालिकाले वडा गत संक्रमितको बिवरण समेत सार्वजनिक गरेको छ ।
जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा १२ जना संक्रमित मध्ये ५ जना निको भएको,वडा नं २ मा ८ जना संक्रमित रहेकोमा ५ जना निको भएको,वडा नं ३ मा ७ जना संक्रमित रहेको मा ७ जनानै निको भएको, वडा नं ४ मा १५ जना संक्रमित रहेको र १० जना निको भएको,वडा नं ५ मा २८ जना रहेको मा हाल सम्म १८ जना निको भएको,वडा नं ६ मा ८८ जना रहेको मा हाल सम्म ६३ जना निको भएको , वडा नं ७ मा ६३ जना रहेको मा हाल सम्म ३९ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। वडा नं ८ मा ५४ जना रहेको मा हाल सम्म ३० जना निको भएको ,वडा नं ९मा १०५ जना संक्रमित रहेकोमा हाल सम्म ८० जना निको भएको उल्लेख गरिएको छ ।
हाल सम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा १ जना र वडा नं ९ मा २ जना गरि कुल तीन जना दिर्घरोगीको कोरोनाको कारण मृत्यु भएको उल्लेख गरिएको छ ।त्यसै गरि हाल सम्म सक्रिय संक्रमितको बिवरण समेत जानकारी गराएको छ ।जसमा वडा नं १मा ७ जना रहेको वडा नं २ मा ३ जना ,वडा नं ३मा मा सक्रिय संक्रमित छैनन , वडा नं ४ मा ५जना वडा नं ५ मा ९ जना , वडा नं ६ मा २५ जना ,वडा नं ७ मा २४ जना, वडा नं ८ मा २४ जना र वडा नं ९ मा २३जना रहेको उल्लेख गरिएको छ।