काठमाडौं महानगरपालिका वडा नं ६ मा असोज १६ गते २७ जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौँ,असोज १७ । काठमाडौं महानगरपालिका वडा नं ६ ले असोज १६ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । जस अन्तर्गत असोज १६ गते थप २७ जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा ११८ जना महिला र १३७ जना पुरुष गरि कुल २५५ जना संक्रमित भेटिएको जनाइएको छ।
हाल सम्म १२७ जना होम आइसोलेसनमा , ८ जना अस्पतालको आइसोलेसन रहेको र ११८ जनाले कोरोना जितेको पनि उल्लेख गरिएको छ । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।
त्यसै गरि हाल सम्म ९१७ जनाको पी सी आर परिक्षण गरिएको र १२६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि पनि उल्लेख गरिएको छ।साथै कुल संक्रमितको बिवरण काठमाडौं महानगरपालिका वडा नं ६ अन्तर्गत बसोबास गर्ने सुरक्षाकर्मी तथा कर्मचारी समेतको अन्य निकाय बाट प्राप्त रिपोर्ट अनुसारको संख्या समेत समाबेश भएको उल्लेख गरिएको छ ।