गोकर्णेश्वर नगरपालिकाले सामुहिक खेति गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने:नगर प्रमुख सन्तोष चालिसे
कपन अनलाइन
काठमाडौं, असोज १७ गोकर्णेश्वर नगरपालिका वडा नं १ मा संचलित नव बिहानी कृषि सहकारी चौथो साधारण सभा सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित जी जी ट्राभल लजमा शनिबार सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे ले आयोजकलाइ धन्यवाद सहित नगरपालिका भित्र एउटा मात्र रहेको कृषि सहकारी रहेको हुँदा उक्त सहकारीको प्रगतिको कामना गर्दै साधारण सभा सफलताको कामना गरेका थिए।
उनले सो सहकारीलाइ थप प्रभावकारी बनाउदै लानुपर्ने बताए। उनले नेपाल चितवन राजापुर जस्तो कृषिको लागि उर्भर मानिएको ठाउ समेत बढ्दो जनघनत्वको कारण प्लटिङ गर्दै घर बनाउदा सकिन लागेको बताए। उनले हिमालमा चौरीगाई पाल्नेहरु समेत घट्दै गएको बताउदै पंचायतको बेलामा धेरै भेडा फार्म भएको स्मरण गर्दै अहिले भेडा फार्म तर्फ पनि किसानहरुको आकर्षण घटेको बताए। उनले आफु बिभिन्न देशमा घुम्ने क्रममा कृषिमा कसरि अघि बढेका छन भनेर अध्यन गर्दा कृषकहरुलाई धेरै प्राथमिकतामा राखेको आफुले पाएको बताए ।तर नेपालमा बिचौलियाका कारण कृषकहरु मारमा परेको बताए। ‘बिचौलियाले ५ गुणा बढि मूल्यमा किसानको उत्पादन उपभोक्तालाई बेचिरहेको बताउदै एकातिर किसान मारमा छन , अर्को तिर उपभोक्ता उत्तिकै मारमा छन्’ उनले भने। वितरणको माध्यमको भुमिकामा कृषि सहकारीले आफूलाई राख्ने हो बिचौलियाको विकृतिलाई हटाउन भुमिका खेल्न सक्ने उनले बताए ।
नेपालमा कृषि क्षेत्रमा अत्याधिक व्यक्ती संलग्न रहेको भएतापनि यो क्षेत्र परम्पारगत विधिमा चल्ने निर्वाहमुखी भएको अवस्थाले यस क्षेत्रले गर्नसक्ने योगदान गर्न नसकेको र फाईदा पाउनुपर्ने वर्गले फाईदा लिन पनि नसकेको अवस्था रहेको बताउदै वाह्य बिचौलियाको अत्याधिक शोषणमा परेको क्षेत्र पनि कृषि क्षेत्रनै भएको बताए ।यी सबै कारणहरुले गर्दा नै युवापुस्ता पनि कृषि प्रति आकर्षण घटेको बताए ।
त्यस परिवेशलाई बुझेर सहकारी लगायतका संघ सस्थाहरुले कृषि वस्तुको बजारीकरण गर्ने हो भने, समाज र देशको आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने बताए । गोकर्णेश्वर नगरपालिकाले सामुहिक खेति गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने बताउदै कृषिमा आधुनिकिकरण गरि उत्पादन बढाउनु पर्ने बताए ।
नगरपालिकाले कृषि क्षेत्रकै लागि भनेर २ करोड ८० लाख बिनियोजन गरेको बताउदै सामुहिक रुपमा ब्यवसायिक रुपमा कृषि उत्पादन गर्नेलाई नगरपालिकाले प्राविधिक, आर्थिक साझेदारी र बजारीकरणको लागि सहयोग गर्ने बताएका छन् । ‘हामीले पटकपटक भनिरहेका छौँ कसैले सामुहिक तथा ब्यक्तिगत व्यवसायिक कृषि उत्पादन गर्न खोज्छन हामी सक्दो सहयोग गर्छौ’ उनले भने, ‘नीति बनाएर पनि त्यतातिर लागिरहेका छौँ ।