दस वर्ष पछी पुरा भयो श्री नवजीवन मावी फेदिगुठको सपना
कपन अनलाइन
काठमाडौं ,असोज १७।
चम्पादेवी गाउँपालिका वडा नं ४ फेदीगुठको श्री नवजीवन मावीको भवन निर्माण संगै उच्च शिक्षा प्रदान गर्ने सपना १० वर्ष पछाडी पुरा भएको छ।
विसं २०३२ शालमा स्थापना भएको सो विद्यालयमा भौतिक पूर्वाधारको कमिमा कक्षा ११ र १२ संचालन गर्न परेको समस्या नयाँ भवन निर्माण भए संगै समाधान भएको छ।
हाल ३९५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको सो विद्यालयमा कक्षा ११ र १२ संचालन हुँदा वडा नं ४ सहित गाउँ पालिकाका धेरै विद्यार्थीहरुले सहज शिक्षा पाउन सक्ने मालिङ्गे जलकन्या युबा क्लवका अध्यक्ष मनोज बुढाथोकीले बताएका छन।
गाउँपालिकाका अध्यक्ष नबराज केसीले चुनावी अभियानमा सो विद्यालयलाई स्तरोन्नति गर्ने प्रतिवादत्ता पुरा गरेकोमा धन्यवाद दिदै बुढाथोकीले वडा नं ४ वडा अध्यक्ष अध्यक्ष कृष्ण बहादुर खत्री ,बिधालय ब्यबस्थापन समति,पूर्ब प्रअ नरेन्द्र राज गिरी ,प्रअ सोसलमणि दाहाल , बिधालयका शिक्षकहरु रामचन्द्र बुढाथोकी,तुलसि गिरी ,रत्न गिरी, केदार खत्री ,छवि नेपाल ,खिलनाथ धमला लगायतको भूमिका प्रसंसनिय भएको जानकारी दिएका छन।
विद्यालयमा कक्षा थप गर्नु भन्दा त्यसलाई व्यवस्थापन गरेर दिगो रुपमा संचालन गर्नु महत्वपूर्ण रहेको बताउदै वडा नं ४ का अध्यक्ष कृष्ण बहादुर खत्रीले विद्यालयको विकास र विस्तारमा वडाले सबै किसिमका सहयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेका छन ।
श्री नवजीवन मावीमा भौतिक पूर्वाधार विकास संगै शैक्षिक ,रचनात्मक र खेलकुद लागयतका व्यक्तित्व विकासका योजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताउदै एक शिक्षकले गाउँपालिकाले प्राविधिक शिक्षालय र स्नातकोत्तर तह सम्मका कक्षा संचालन गर्न सके स्थानीय युवा जनशक्तिको शैक्षिक ज्ञान स्थानीय तहमै उपयोग गर्न सकिने बताएका छन।
कृषि र पर्यटनलाई स्थानीय पाठ्यक्रममा समावेस गरेर सो सम्बन्धि प्राविधिक विद्यालय स्थापना गर्न सकेमा दिगो विकास हुने बताउदै स्थानीय एक बुद्दिजीवीले यस्ता संस्था स्थापनाका लागि गाउँपालिकाले व्यवसायिक प्रस्ताव आव्हान गर्न सक्ने धारणा व्यक्त गरेका छन।